२०८३ बैशाख २४ गते , विहीबार
झापामा बैंकिङ कसुर मुद्दाका फरार दर्जी पक्राउ
बैङ्किङ कसुर मुद्दामा फरार झापा कनकाई नगरपालिका ५ का ४० वर्षीय विष्णुकुमार पाँचकोटी दर्जी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि उनलाई झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको झापा प्रहरीले जनाएको छ ।
झापा जिल्ला अदालतको गत चैत १४ गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्दामा उनलाई एक महिना कैद, १६ लाख जरिवाना र पीडित राहत कोषमा ६४ हजार रुपैयाँ तिर्नुपर्ने सजाय सुनाइएको थियो ।