२०८३ असार ३ गते , बुधबार

मेचीनगरमा झोला बनाउने तालिम

sajilo news
झापा
२०८१ जेष्ठ २७ गते , आईतबार
मेचीनगरमा झोला बनाउने तालिम

मेचीनगर । मेचीनगरमा महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले बिट लगाउने, ब्याग तथा झोला बनाउने तालिम सञ्चालन भएको छ । मेचीनगर नगरपालिकाको कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको सहकार्यमा शनिबारबाट काँकडभिट्टामा सञ्चालन भएको तालिमको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख विश्व बरालले गरेका थिए ।

मेचीनगर आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्की अध्यक्षतामा जेठ २६ गतेदेखि असार १० गतेसम्म पन्ध्र दिन सञ्चालन हुने तालिमको उद्घाटन सत्रमा घरेलु तथा साना उद्योग कार्यालय प्रमुख प्रेम प्रसाद सापकोटा, मेचीनगर कार्यपालिका सदस्य तिलजा देवान, उद्योग वाणिज्य सङ्घ उपाध्यक्ष निर्मला चौहान भण्डारी, उद्यम विकास सहजकर्ता अश्विनी कुमार भट्टराई, प्रशिक्षक शुष्मा राजवंशीको आतिथ्य रहेको थियो । अश्विनी कुमार भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रम सहजकर्ता गङ्गा सोरेनले सञ्चालन गरेकी थिइन् । 

सम्बन्धित समाचार