२०८३ असार ३ गते , बुधबार
सौर्य एयरलाइन्सका अध्यक्ष पोखरेल सम्मानित
सौर्य एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेल सम्मानित भएका छन् । नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयान विभागद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा ओमसाई पाथीभरा हस्पिटलका अध्यक्ष समेत रहेका पोखरेल सम्मानित भएका हुन् ।
उनलाई पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र उक्त विभागका प्रमुख भीम आचार्यले सम्मान पत्र प्रदान गरेका थिए । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरेको भन्दै उनलाई सम्मान प्रदान गरिएको हो । उनी झापा भद्रपुर-८ निवासी हुन् ।