२०८३ बैशाख २४ गते , विहीबार

ब्राउन सुगरसहित एक जना पक्राउ

sajilo news
सुनसरी
२०८१ जेष्ठ २६ गते , शनिबार
ब्राउन सुगरसहित एक जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका १७ लोकप्रिय मार्गबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जना पक्राउ गरेको छ ।

धरान १७ स्थित ३७ वर्षीय भूपाल न्यौपानेको घर कोठामा लुकाई राखेको अवस्थामा अवैध लागू औषध ब्राउन सुगरसहित न्यौपानेलाई पक्राउ गरिएको हो ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी टोलीले घर कोठामा कानुनी रूपमा चेकजाँच गर्दा ट्रामाडोल– १२ सय क्याप्सुल र ब्राउन सुगर १२ ग्रामसहित न्यौपानेलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

 

सम्बन्धित समाचार