२०८३ असार ३ गते , बुधबार

हल्दिबारीमा उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

sajilo news
झापा
२०८१ जेष्ठ २६ गते , शनिबार
हल्दिबारीमा उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु

हल्दिबारीमा उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु भएको छ । हल्दिबारी गाउँपालिकाले लोपोन्मुख मेचे समुदायका महिलालाई लक्षित गरी सात दिवसीय उद्घोषण तथा माइन्युट लेखन तालिम सुरु गरेको हो । 

कार्यपालिका सदस्य एवं कार्यक्रम संयोजक आयुषा मेचेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङदेन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्र ,वडा अध्यक्षहरू देवीबहादुर थापा, शुकलाल राजवंशी र सन्तकुमार, कार्यपालिका सदस्यहरू, शान्ता शिवाकोटी भगिरथा दाहाल, शान्ता गहतराज,वडा सदस्यहरू सुरेन्द्र बाराकोटी, रचना कुलुङ, विष्णु राई लगायतको आतिथ्य रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले हल्दिबारीमा बसोबासको बाहुल्यता रहेको लोपोन्मुख मेचे समुदायका महिलाहरूको क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको बताए । विकास भनेको भौतिक मात्र नभई क्षमता अभिवृद्धि तथा आफ्नो कुराहरू निर्धक्क राख्न सक्नु पनि विकास भएकाले व्यक्तित्व विकास गरी समाजमा नेतृत्व लिन उनले आग्रह गरे । 

कार्यक्रम संयोजक आयुषाले मेचे महिलाहरूको क्षमता अभिवृद्धिको पहिलो सुरुवात उद्घोषण र माइन्युट लेखन भएको र तालिम पश्चात् विभिन्न योजनाहरू माग गरी अघि बढ्ने धारणा राखेकी थिइन्। महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगरले सञ्चालन गरेको तालिममा सहजकर्ता सञ्चारकर्मी देवीका अधिकारी रहेकी छिन्। जेठ २५ गतेबाट सुरु भएको तालिम जेठ ३२ गते समापन हुनेछ।

सम्बन्धित समाचार