२०८३ असार ३ गते , बुधबार

इलाममा साथीलाई बचाउन खोज्दा एक किशोरीको डुबेर मृत्यु

sajilo news
इलाम
२०८१ जेष्ठ २५ गते , शुक्रबार
इलाममा साथीलाई बचाउन खोज्दा एक किशोरीको डुबेर मृत्यु

इलामको चुलाचुली गाउँपालिका-४ स्थित ऐना पोखरीमा डुबेर स्थानीय १८ बर्षीया विनीता जोगीको मृत्यु भएको छ । बिहीबार अपराह्न स्थानीय मन बहादुर जोगीकी  छोरी १८ बर्षीया विनीता जोगी,  विष्णु लिम्बुको छोरी १८ कि रोजिना साम्बा लिम्बु र  उनकै बहिनी १७ कि रोशा साम्बा लिम्बु ऐना पोखरीको डिलमा बसेर पोखरीको पानी खेलाउँदै गरेको अवस्थामा रोजिना पोखरीको डिलबाट चिप्लिएर पोखरीमा खसेकी थिइन् । उनलाई हातमा समाती निकाल्ने क्रममा विनीता एक्कासि हुत्तिएर पोखरीमा पसेको र उनको डुबेर मृत्यु जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

सम्बन्धित समाचार