२०८३ असार ३ गते , बुधबार

झापामा रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

sajilo news
झापा
२०८१ जेष्ठ २४ गते , विहीबार
झापामा रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु

झापा । मेचीनगर धाईजनस्थित मेची राजमार्गमा स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक झापा बुद्धशान्ति गाउँपालिका–५ बस्ने वर्ष अन्दाजी २५ का लीलाप्रसाद ढुङ्गेल र सोही स्कुटरमा पछाडि सवार इलाम रोङ गाउँपालिका–५ बहुवन बस्ने अन्दाजी वर्ष २९ का चेतन रिजाल रहेका छन् ।

गएराति १०.४५ बजेको समयमा मेचीनगर-१२ माथिल्लो धाईजनस्थित मेची राजमार्गमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको मे ७ प ७२८३ नम्बरको स्कुटरले हाइवेको बायाँ साइडमा बिग्रिएर रोकिराखेको को १ च ७२६४ नम्बर को बोलेरो पिकअपलाई ठक्कर दिई दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका दुवैलाई बीएण्डसी अस्पताल बिर्तामोड पु¥याउनसाथ राति ११ बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए । स्कुटर र बोलेरो पिकअप गाडी प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको र बोलेरो पिकअप चालक सम्पर्कमा नभएको हुँदा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार