२०८३ असार ३ गते , बुधबार

भद्रपुर नगरपालिकाले मनायो विश्व वातावरण दिवस

sajilo news
झापा
२०८१ जेष्ठ २३ गते , बुधबार
भद्रपुर नगरपालिकाले मनायो विश्व वातावरण दिवस

भद्रपुर । भद्रपुर नगरपालिकाले हाम्रो भूमि, हाम्रो भविष्य भन्दै विश्व वातावरण दिवस मनाएको छ । नगरपालिकाको वन तथा वातावरण शाखाले भद्रपुर-१० स्थित चन्द्रगढी सामुदायिक वन र भद्रपुर- ५ स्थित माछा पोखरीमा वृक्षारोपण गरी वातावरण दिवस मनाएका हो । चन्द्रगढी सामुदायिक वनको लगभग २ बिघा क्षेत्रमा एक हजार आठ सय विभिन्न जातका बिरुवाहरू रोपिएको छ । त्यस्तै माछा पोखरीमा एक दर्जन बढी बिरुवा रोपिएको जनाइएको छ । 

वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले स्वास्थ्य वातावरणका लागि वन जङ्गलको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताए । वातावरण संरक्षण अभावका कारण अहिले जलवायु परिवर्तनका कारण विनाशका घटनाहरू बढिरहेकोले यसको संरक्षण आजको आवश्यकता रहेको नगर प्रमुख पोखरेलले बताए । 

उनले अवैध वन फडानी रोक्नु पर्नेमा जोड दिए । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा सचिव पार्वती मल्लले सञ्चालन गरेको कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतले मन्तव्य राखेका थिए । त्यस्तै आजै दिउँसो माछा पोखरीमा गरिएको वृक्षारोपणको अध्यक्षता भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले गरेका थिए । 

सम्बन्धित समाचार