२०८३ असार ३ गते , बुधबार

बिजुलीको पोलमा साइकल ठोक्किँदा पुरीको मृत्यु

sajilo news
मोरङ
२०८१ जेष्ठ २२ गते , मंगलबार
बिजुलीको पोलमा साइकल ठोक्किँदा पुरीको मृत्यु

मोरङको बेलबारी नगरपालिका–५ मा बिजुलीको पोलमा साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बेलबारी–५ का ६० वर्षीय टीकाराम पुरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

उनका अनुसार परिवारका सदस्य कसैलाई पनि नभनीकन पुरी सोमबार साँझ घरबाट साइकल लिएर हिँडेको खुलेको छ। राति अबेरसम्म घर नफर्किएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेर खोजी सुरु गरेका थिए।

पुरीको शव घरनजिकै सडक छेउको कुलोमा मंगलबार बिहान ५ः३० बजेतिर फेला परेको जानकारी प्रहरीले प्राप्त गरेको डीएसपी बस्नेतले बताए। उनका अनुसार बिजुलीको पोलमा ठोक्किँदा साइकलसहित कुलोमा लडेर पुरीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मादक पदार्थ सेवन (मापसे) गरेर साइकल चलाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार