२०८३ असार ३ गते , बुधबार

भारतमा लोकसभा चुनावको अन्तिम मतपरिणाम आउँदै, कांग्रेसले सिट बढाउँदा बिजेपीलाई घाटा

sajilo news
एजेन्सी
२०८१ जेष्ठ २२ गते , मंगलबार
भारतमा लोकसभा चुनावको अन्तिम मतपरिणाम आउँदै, कांग्रेसले सिट बढाउँदा बिजेपीलाई घाटा

भारतको लोकसभा निर्वाचनको अन्तिम मतपरिणाम धमाधम आउन थालेको छ। भारतीय निर्वाचन आयोगले जनाएअनुसार यो समाचार तयार पार्दासम्म भारतीय जनता पार्टी (बिजेपी)ले २९ ठाउँमा विजयी हासिल गरेको छ।  त्यस्तै बिजेपीको मुख्य प्रतिद्वन्द्वी इन्डियन नेशनल कांग्रेसले ७ ठाउँमा जित हात पारेको छ। त्यस्तै जनता दल (सेकुलर)ले २, आम आदमी पार्टीले १, शिव सेनाले १, एनसीपीले १ र हिन्दुस्तानी अवाम मोर्चाले १ ठाउँमा विजयी हासिल गरेको छ।

त्यस्तै बिजेपीले २१२ ठाउँमा अग्रता लिएको छ भने कांग्रेसले ९२ ठाउँमा अग्रता लिएको छ। त्यस्तै समाजवादी पार्टीले ३४, अल इन्डिया त्रिणामुल कांग्रेसले २९, डीएमकेले २२, तेलेगु देसमले १६ र जनता दल युनाइटेडले १३ ठाउँमा अग्रता लिएको छ।

लोकसभा निर्वाचनमा एनडीए र इन्डिया गरी दुई गठबन्धन निर्वाचनमा होमिएको थियो। टाइम्स इन्डियाका अनुसार मोदीले नेतृत्व गरेको एनडीएले २९५ ठाउँमा अग्रता लिएको छ भने राहुल गान्धी नेतृत्वको इन्डिया गठबन्धनले २३१ ठाउँमा अग्रता लिएको छ। अन्य पार्टीले भने १७ ठाउँमा अग्रता लिएका छन्।  
भारतमा सरकार बनाउन २७२ सिट आवश्यक पर्छछ। सन् २०१९ को निर्वाचनमा बिजेपी एक्लैले ३०३ सिट जितेको थियो। कांग्रेसले भने ५२ सिट जितेको थियो। यो निर्वाचनमा बिजेपी तल खस्किएको छ भने कांग्रेसले दोब्बरले सिट संख्या बढाउने देखिएको छ। 

तेस्रो कार्याकालका लागि प्रधानमन्त्री बन्ने निश्चित देखिए पनि प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीए गठबन्धनमा आबद्ध दलहरूलाई भने रिझाइराख्नुपर्ने देखिन्छ। 

सम्बन्धित समाचार