२०८३ असार ३ गते , बुधबार

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षा

sajilo news
झापा
२०८१ जेष्ठ २२ गते , मंगलबार
आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षा

काठमाडौं । कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। 

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना छ। 

महाशाखाले राति कोशी, मधेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानमा तथा  बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

सम्बन्धित समाचार