२०८३ असार ३ गते , बुधबार

इनरव्हील क्लब भद्रपुरद्वारा सुत्केरी र क्यान्सर पीडितलाई सहयोग 

sajilo news
झापा
२०८१ जेष्ठ २१ गते , सोमबार
इनरव्हील क्लब भद्रपुरद्वारा सुत्केरी र क्यान्सर पीडितलाई सहयोग 

भद्रपुर । सामाजिक संस्था इनरव्हील क्लब अफ भद्रपुरले सुत्केरी र क्यान्सर पीडितलाई सहयोग गरेको छ । इनरव्हील क्लबले सुत्केरी आमा र शिशुको हेरचाहलाई मध्यनजर गरी १५ दिनकी सुत्केरीलाई खाद्यवस्तु, लत्ताकपडा र भाँडाकुँडा वितरण गरेको  क्लबकी मिडिया इडीटर डिचेन शेर्पा राईले जानकारी दिइन् ।

त्यस्तै क्यान्सर पीडित भद्रपुर-५ का रामपति यादव र सोही वडाका रामु कामतीलाई आर्थिक सहयोग गरेको छ । इनरव्हीलकी अध्यक्ष निर्मला निरौला खडकाको नेतृत्वमा गएका क्लबका पदाधिकारीहरूको उपस्थिति सो सहयोग वितरण गरेका थिए । 

 

सम्बन्धित समाचार