२०८३ बैशाख २४ गते , विहीबार

कोटेश्वरको रेष्टुराँमा खानतलासी गर्दा झापाका दुई जना लागुऔषधसहित पक्राउ

sajilo news
रासस
२०८१ जेष्ठ २१ गते , सोमबार
कोटेश्वरको रेष्टुराँमा खानतलासी गर्दा झापाका दुई जना लागुऔषधसहित पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ (३० ग्राम) सहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ घर भई बस्ने ३६ वर्षीया सपना भुजेल र ४१ वर्षीय कुमार भुजेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “विशेष सूचनाका आधारमा कोटेश्वरस्थित एक रेष्टुराँमा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेका छौँ ।” पक्राउ परेकाको साथबाट प्रहरीले डिजिटल तराजु दुई थान तथा नेपाली नगद रु ५५ हजार समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार