२०८३ असार ३ गते , बुधबार

सशस्त्रको पाथीभरा जवान तालिम शिक्षालयमा वृक्षारोपण

sajilo news
झापा
२०८१ जेष्ठ २० गते , आईतबार
सशस्त्रको पाथीभरा जवान तालिम शिक्षालयमा वृक्षारोपण

 

दमक । लायन्स क्लब अफ झापा दमकले वातावरण दिवसको सन्दर्भ पारेर सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालय कमल गाउँपालिका लखनपुरमा ५० वटा विभिन्न प्रजातिका आकर्षक फुलका बिरुवाहरू रोपिएको छ । 

क्लबका संस्थापक अध्यक्ष अशोक चौधरीको सहयोगमा गमला सहितका बिरुवाहरू शिक्षालयका प्रमुख एवं समादेशक कमल तिउसिनाको उपस्थितिमा आइतबार रोपिएको हो ।
सो अवसरमा समादेशक तिउसिनाले बिग्रँदो वातावरणलाई सुधार गर्न वृक्षारोपण लगायतका यस किसिमका कार्यक्रमहरू सहयोगी बन्ने बताए । उनले नियमित रुपमा सहकार्य गरेर आफूहरू काम गर्न तयार रहेको सो अवसरमा बताएका थिए ।
क्लबले वातावरण दिवसको सन्दर्भमा विभिन्न कार्यक्रमहरू गर्ने क्रममा शिक्षालयलाई गमला सहित बिरुवाहरू उपलब्ध गराएर कार्यक्रम सुरु गरिएको क्लबका प्रथम उपाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताएका छन् । 

कार्यक्रममा सशस्त्र प्रहरी बल नं. ३८ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक नबिनकुमार खड्का लायन्स लिडर अजय अग्रवाल, लायन्स क्लब अफ झापा दमकका अध्यक्ष लोकेश सापकोटा, नेपाल रेडक्रस सोसाइटी दमकका रक्तसञ्चार प्रमुख सिद्धार्थ दाहाल लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार