२०८३ असार ३ गते , बुधबार

झापाबाट पाँचथर जाँदै गरेको गाडी दुर्घटना, आठ जना घाइते

sajilo news
झापा
२०८१ जेष्ठ २० गते , आईतबार
झापाबाट पाँचथर जाँदै गरेको गाडी दुर्घटना, आठ जना घाइते

झापाको बिर्तामोडबाट पाँचथरतर्फ जाँदै गरेको बोलेरो पाँचथर हिलिहाङ ३ किसेनी खोलास्थित मेची राजमार्गमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

आज दिउँसो ३ः१० बजेको समयमा जोरपोखरीबाट गोपेटारतर्फ जाँदै गरेको मे१ज २४४२ नम्बरको बोलेरो बाक्लो हुस्सु लागेका कारण चालकले बाटो नदेखेकोले अचानक अनियन्त्रित भई सडकबाट अन्दाजी ३ मिटर तल खसेर दुर्घटना भएको हो । पाँचथर कुम्मायक ३ बस्ने वर्ष ३३ का खगेन्द्र गदालले सो बोलेरो चलाएका थिए । दुर्घटनामा परी ताप्लेजुङ फुङलिङ २ बस्ने वर्ष ३० की कला लिम्बू (शरीरको विभिन्न भागमा चोट अवस्था सामान्य), उनकी छोरी वर्ष ११ की कृष्टिन लिम्बू (शरीरको बाहिरी भागमा चोट अवस्था सामान्य) उनकै छोरी वर्ष १२ की कृष्टिना लिम्बू (शरीरको बाहिरी भागमा चोट अवस्था सामान्य) , सोही ठाउँ बस्ने वर्ष ७२ की सुरजकुमारी लिम्बू (छातीमा दुखाई रहेको अवस्था मध्यम) ,वर्ष ३१ का कमल लिम्बू (अनुहारमा चोट, अवस्था सामान्य) ,फुङलिङ १ बस्ने वर्ष १७ का अर्जुन सापकोटा (घुँडामा चोट उपचारको लागि फिदिमतर्फ पठाएको ) सोही ठाउँ बस्ने वर्ष २३ की सङ्गीता सापकोटा (शरीरको विभिन्न भागमा चोट उपचारको लागि फिदिमतर्फ पठाएको ) गाडी चालक पाँचथर कुम्मायक ३ रानीगाउँ बस्ने वर्ष ३३ का खगेन्द्र गदाल (उपचारको लागि फिदिमतर्फ पठाएको ) घाइते भएका छन् ।

घाइतेहरूलाई प्रहरी चौकी गोपेटारबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि फिदिमस्थित समर्पित अस्पताल पठाई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।गाडीमा ९ जना सवार रहेका थिए । एक जनालाई केही पनि नभएको जनाइएको छ ।

सम्बन्धित समाचार