२०८३ बैशाख २४ गते , विहीबार

हुन्डीको एक करोड एक लाखसहित एकजना पक्राउ

sajilo news
सुनसरी
२०८१ जेष्ठ २० गते , आईतबार
हुन्डीको एक करोड एक लाखसहित एकजना पक्राउ

सशस्त्र प्रहरीले सुनसरीबाट हुन्डी कारोबारमा प्रयोग गरिएको एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार शनिबार राती हुन्डीको आशङ्कामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा सुनसरी हरिनगर गाउँपालिका–५ का अन्दाजी ३७ वर्षीय ईसा अन्सारी रहेका छन् । सुनसरीको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद गरेको थियो । 
बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ ।
रकमसँगै कार र चालक अन्सारीलाई नियन्त्रणमा लिइएको बताइएको छ । प्रारम्भिक सोधपुछमा अन्सारीले सो रकमको स्रोत खुलाउन नसकेको सहप्रवक्ता थापाको भनाई छ । 

सम्बन्धित समाचार