२०८३ असार ३ गते , बुधबार
हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु
तुलसीपुर । दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ । आज साँझ ८ बजेतिर हुरीले घर भत्किँदा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । टिनले छाएको एककोठे घरमा घत्रीसँगै रहेकी उनकी श्रीमतीले भने भागेर ज्यान जोगाएकी छन् ।