२०८३ असार ३ गते , बुधबार

भद्रपुरमा कानुन निर्माणको प्रक्रिया र मेलमिलाप सम्बन्धी प्रशिक्षण सम्पन्न

sajilo news
झापा
२०८१ जेष्ठ १९ गते , शनिबार
भद्रपुरमा कानुन निर्माणको प्रक्रिया र मेलमिलाप सम्बन्धी प्रशिक्षण सम्पन्न

भद्रपुर । स्थानीय तहका न्यायिक समितिमा पर्ने उजुरीहरूलाई मेलमिलापकै माध्यमबाट समाधान गर्नुपर्नेमा झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतले जोड दिएका छन् । 

भद्रपुर नगरपालिकाद्वारा शनिबार आयोजित कानुन निर्माणको प्रक्रिया, देवानी कानुनको प्रयोग र मेलमिलाप सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला न्यायाधीश बस्नेतले अदालतमा मुद्दा लिएर आउनेहरूलाई पनि पहिला मेलमिलापकै बाटोबाट प्रक्रिया अघि बढाउँछौँ । 

नमिलेको खण्डमा मात्र मुद्दा टेबल हुनेको गरेको बताउँदै जिल्ला न्यायाधीश बस्नेतले, ‘पालिकाको न्यायिक समिति वा वडा कार्यालयका मेलमिलापकर्ताहरूले पिडक र पीडित दुवैलाई राखेर मेलमिलापकै माध्यमबाट मुद्दाको किनारा लाग्नुपर्छ, त्यो नै उचित न्याय हो ।’ 

उनले न्यायिक समितिले लिनुपर्ने पर्ने उजुरीको प्रक्रिया, न्याय सम्पादन र प्रक्रिया, समाधानको बाटो, आफ्नो अधिकार क्षेत्रको सिद्धान्त, अन्तरिम संरक्षणात्मक आदेशलगायत देवानी कानुनको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए ।  

भद्रपुर नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता भएको कार्यक्रममा जिल्ला न्यायाधीशहरू प्रकाशकुमार अधिकारी, तेजबहादुर खडका, नगर उपप्रमुख राधा कार्की, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सचिवहरू, मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले प्रकाश पारेका थिए ।

 

सम्बन्धित समाचार