२०८३ असार ३ गते , बुधबार

केही दिनपछि नेपालमा मनसुन भित्रिदै

sajilo news
झापा
२०८१ जेष्ठ १९ गते , शनिबार
केही दिनपछि नेपालमा मनसुन भित्रिदै

नेपालमा मनसुन भित्रन अझै केही दिन लाग्ने भएको छ। यस वर्षको मनसुन हाल भारतको उत्तर पूर्वी भूभाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको छ। 

नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबार मनसुन आगमन अनुगमन बुलेटिन जारी गरेर उक्त जानकारी दिएको हो। 

नेपालको पूर्वी भूभागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको छ। यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको जनाएको छ। 

सम्बन्धित समाचार