२०८३ असार ३ गते , बुधबार

मनाङ घुम्न गएका युवक चार दिनदेखि सम्पर्कविहीन

sajilo news
रासस
२०८१ जेष्ठ १९ गते , शनिबार
मनाङ घुम्न गएका युवक चार दिनदेखि सम्पर्कविहीन

मनाङ । मनाङ घुम्न आएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।  

तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । सँगै रहेका अन्य तीनजनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ । प्रजिअ लामिछानेले भने, “ड्रोनको प्रयोग गरी खोजी गर्ने तयारी भइरहेको छ ।”

सम्बन्धित समाचार