२०८३ असार ३ गते , बुधबार

हावाहुरीमा परी दुईजनाको मृत्यु

sajilo news
झापा
२०८१ जेष्ठ १८ गते , शुक्रबार
हावाहुरीमा परी दुईजनाको मृत्यु

बिहीबार साँझ आएको हावाहुरीमा परि गोरखा र पर्सामा  २ जनाको ज्यान गएको छ। हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय  गिरबहादुर राना मगर  मृत्यु भएको वडा अध्यक्ष  यम बहादुर थापाले जानकारी दिए। गाउँबाट घर फर्कने क्रममा बाटोमा काभ्रोको रुख ढलेर लाग्दा उनको  मृत्यु भएको अध्यक्ष थापाको भनाइ छ।  हावाहुरीका कारण दुई दर्जन भन्दा धेरै घरका छाना उडाएको र खेतिबालीमासमेत   धेरै क्षति पुगेको छ।

यस्तै  वर्षासँगै आएको हावाहुरीले पर्सामा एक जना वृद्धको मृत्यु भएको छ।  पर्साको विन्दबासिनी गाँउपालिका–२ गर्दौलमा हावाहुरीले उडाएर ल्याएको जस्ता पाताले काटेर १०७ वर्षीय  वृद्ध गुदेरी साहको मृत्यु भएको पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए।

सम्बन्धित समाचार