२०८३ असार ३ गते , बुधबार

काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको बस मकवानपुरमा दुर्घटना, २० जना घाइते

sajilo news
झापा
२०८१ जेष्ठ १८ गते , शुक्रबार
काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको बस मकवानपुरमा दुर्घटना, २० जना घाइते

मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा बस नालीमा खस्दा २० जना घाइते भएका छन्। आज बिहान पौने ३ बजे काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको यात्रुवाहक बसको अगाडीको पट्टा भाँचिन गई बस अनियन्त्रित भएर नालीमा खसेको मकवानपुर प्रहरीले जनाएको छ।

बस दुर्घटना हुँदा २० जना घाइते भएको प्रहरीको भनाइ छ। तीमध्ये ११ जनाको स्थानीय अस्पताल र ९ जनालाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार