२०८३ बैशाख २४ गते , विहीबार
कैलाश सिरोहिया रिहा
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा सिरोहियालाई हाजिर जमानीमा रिहा गरेको हो।
अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको सिरोहियाका वकिल रमन कर्णले बताए।
नागरिकतासम्बन्धी मुद्दामा सिरोहियालाई गत जेठ ८ गते काठमाडौंस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले सिरोहियालाई पक्राउ गरी धनुषा पुर्याएको थियो।