२०८३ असार ३ गते , बुधबार
नारायणराज प्रोडक्सनद्धारा उत्पादित पराग पान मसलाभित्र तामाको तार !
भद्रपुर । झापाको भद्रपुरस्थित नारायणराज प्रोडक्सन प्रालिद्धारा उत्पादित पराग पान मसलामा तामाको तार भेटिएको छ । बिर्तामोड नगरपालिका–५ घर भएका घिमिरे थर भएका एक व्यक्तिले बुधवार बिहान पराग खाँदा तामाको तार भेटिएको हो ।
घिमिरेले भने ‘ हिजो बेलुका किनेको पराग बिहान खाँदा घाँटीमा घोच्यो, के रहेछ भनेर थुकेर हेर्दा एक सेन्टिमिटरभन्दा लामो तार रहेछ ।’ घिमिरेको अहिले घाँटी, पेट पोलिरहेको छ । तीन पटकसम्म वान्ता भइसकेको उनले बताए । (टपसँग भिडियो सुरक्षित छ)