२०८३ असार ३ गते , बुधबार

झापाको निन्दा खोलामा डुबेर एक शिक्षकको मृत्यु

sajilo news
झापा
२०८१ जेष्ठ १५ गते , मंगलबार
झापाको निन्दा खोलामा डुबेर एक शिक्षकको मृत्यु

झापाको मेचीनगर नगरपालिका- ३ स्थित निन्दा खोलामा डुबेर एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर- ३ बडाखालका ४० वर्षीय धनराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक भण्डारी नवज्योति निमाविका शिक्षक हुन् । प्रहरीका अनुसार मंगलबार दिउँसो १ बजेको समयमा भण्डारी निन्दा खोलामा पौडी खेल्न गएका थिए ।

त्यस क्रममा डुबेर बेहोस भएका भण्डारीलाई स्थानीयले देखेर उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएका थिए । उनको दिउँसो २ः३४ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार