२०८३ असार ३ गते , बुधबार

मोरङको पथरीमा आगलागी, पसल जल्दा ३२ लाखको क्षति

sajilo news
मोरङ
२०८१ जेष्ठ १५ गते , मंगलबार
मोरङको पथरीमा आगलागी, पसल जल्दा ३२ लाखको क्षति

मोरङको पथरीस्थित एउटा पसलमा आगलागी भएको छ। आगलागीमा ३२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। पथरीशनिश्चरे नगरपालिका–७ फाल्गुनन्द चोक बस्ने रेवतीप्रसाद सापकोटाले सञ्चालन गरेको अंशु एण्ड अमिसा पसल तथा कोल्ड सेन्टरमा मंगलबार बिहान ३ बजेतिर आगलागी भएको थियो ।  

पसलमा आगलागी हुनुको कारण खुल्न सकेको छैन। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीबाट पसलको गल्लाभित्र रहेको २ लाख रूपैयाँ नगद जलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यस्तै, पसल सञ्चालन गरिएको घरसहित पसलभित्र रहेका सबै सामान जलेर नष्ट हुँदा ३० लाख बराबरको क्षति भएको जनाइएको छ । घरसहित नगद र पसलका सामान जल्दा ३२ लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ ।  प्रहरी, स्थानीय र दमकलको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

सम्बन्धित समाचार