२०८३ बैशाख २४ गते , विहीबार

नागरिकता कीर्ते प्रकरण : सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

sajilo news
झापा
२०८१ जेष्ठ १५ गते , मंगलबार
नागरिकता कीर्ते प्रकरण : सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको समय पाएको छ। जिल्ला न्यायाधीश यदुराज शर्माको इजलासले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए। 

यसअघि दुईपटक ३/३ दिन म्याद थपिएको उनीमाथि अनुसन्धान गर्न यसपटक पनि धनुषा जिल्ला अदालतले ३ दिनकै म्याद दिएको हो। प्रहरीले हरेक पटक ५ दिनको म्याद माग्दै आएको थियो। 

केही दिनदेखि भने उनी अस्पतालमा बसेका छन्। काव्य अस्पतालमा रहेका उनलाई एम्बुलेन्समा राखेर जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला अदालत लगिएको थियो।

सम्बन्धित समाचार