२०८३ बैशाख २४ गते , विहीबार

मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ

sajilo news
झापा
२०८१ जेष्ठ १४ गते , सोमबार
मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ

उदयपुरमा मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ दिक्तेल मझुवागढी नगरपालिका-१७ का २६ वर्षीय अर्जुन प्रधान रहेको प्रहरीले जनाएको छ । 

त्रियुगा नगरपालिका १२ सोनापुरबाट गत बिहीबार एक घरमा पार्किङ गरी राखेको प्रदेश १-०५-००१ प २४६० नम्बरको मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त भएसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले शुक्रबार उक्त मोटरसाइकल त्रियुगा ११ इनार चोकस्थित वर्कसपमा मर्मत गर्ने क्रममा फेला पारेको थियो । मोटरसाइकलसहित पक्राउ परेका प्रधानमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित समाचार