२०८३ असार ३ गते , बुधबार

गौरीगञ्ज अस्पताल परिसरमा एक व्यक्ति मृत फेला

sajilo news
झापा
२०८१ जेष्ठ १३ गते , आईतबार
गौरीगञ्ज अस्पताल परिसरमा एक व्यक्ति मृत फेला

झापा । झापाको गौरीगञ्ज अस्पताल परिसरमा एक व्यक्ति मृत फेला परेको छ । दमक नगरपालिका–१ नमुना टोल निवासी रामबहादुर विश्वकर्मा अस्पतालको परिसरमा आज बिहान मृत फेला परेका हुन् । 

गए राति करिब ९ बजे मादक पदार्थ सेवन गरेर अस्पतालको गेटमा होहल्ला मच्चाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनीको हातको कुहिनोमा चोट लागेको अवस्थामा प्रहरीले अस्पताल लगेर उपचार गराएका थिए । त्यही व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमको लागि लगिएको जनाइएको छ । 

 

सम्बन्धित समाचार