२०८३ असार ३ गते , बुधबार
झापाको हल्दिवारीमा आगलागी, एउटा घर जलेर नष्ट
झापाको हल्दिवारी– २ मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । शनिबारदिउँसो २:३० बजेतिर घरमा कोही नभएको बेला सञ्जीव राईको घर जलेर नष्ट भएको हो । परिवारका सदस्यहरू साकेला हेर्न गएका बेला अचानक आगलागी भएको थियो । आगलागीबाट राईको पुरानो घर जलेर नष्ट भएको हो ।
घरमा रहेका खाद्यान्न , मोटर , मललगायतका धनमाल जल्दा अन्दाजी अढाई लाख बराबरको क्षति भएको हल्दिवारी १ का पूर्व वडाध्यक्ष त्रिलोचन सापकोटाले बताए । छिमेकीहरूको सक्रियताका कारण छेउमै रहेको राईको नयाँ घर जोगिएको सापकोटाले जानकारी दिए ।