२०८३ बैशाख २४ गते , विहीबार
प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-३ का ४५ वर्षीय पन्चु पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पासवानले कटहरी गाउँपालिका-५ का राजकुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनी ३ लाख ३० हजार रूपैँया नगद लिई ठगी गरेका थिए । पक्राउ परेका पासवानलाई ठगी कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।