२०८३ बैशाख २४ गते , विहीबार

बाख्राले बाली खाएको निहुँमा बन्दुक प्रहार गरी राईको हत्या 

sajilo news
झापा
२०८१ जेष्ठ १२ गते , शनिबार
बाख्राले बाली खाएको निहुँमा बन्दुक प्रहार गरी राईको हत्या 

भोजपुरमा भरुवा बन्दुक प्रहार गरी एक जनाको हत्या गरिएको छ । हत्या गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका-४ नागीका ६५ वर्षीय मणि प्रसाद राईलाई  पक्राउ गरेको छ ।

 शुक्रबार बेलुका साढे ६ बजे बाख्राले बाली खाएको विषयमा वादविवाद हुँदा राईले छिमेकी ६३ वर्षीय राजकुमार राईलाई भरुवा बन्दुक प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरी टोलीले राईलाई घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

सम्बन्धित समाचार