२०८३ बैशाख २४ गते , विहीबार

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

sajilo news
झापा
२०८१ जेष्ठ १२ गते , शनिबार
सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

सिरोहियालाई गत मंगलबार काठमाडौंबाट प्रहरीले नियन्त्रणमा लिएर धनुषा पुर्याएको थियो । सिरोहियामाथि नागरिकता किर्तेसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।

धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको म्याद थपेको हो । यसअघि गत बुधबार पनि ३ दिनकै म्याद थप भएको थियो । सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको थियो । त्यसअघि सरकारी वकिलको कार्यालयमा ३ घण्टा बयान लिइएको थियो ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न थप तीन दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय धनुषालाई अनुमति दिएको हो ।

 

सम्बन्धित समाचार