२०८३ बैशाख २४ गते , विहीबार

सडेको अवस्थामा एक पुरुषको शव फेला

sajilo news
झापा
२०८१ जेष्ठ ११ गते , शुक्रबार
सडेको अवस्थामा एक पुरुषको शव फेला

ओखलढुङ्गामा सडेको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । खिजिदेम्बा गाउँपालिका–८ मा रहेको भुसिंगा खोला जलविद्युत आयोजनाको मुहानको छेउमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले बताए । फेला परेको शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको कार्कीको बताए । शवको पहिचान र घटनाबारे अनुसन्धान थप भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार