२०८३ असार ३ गते , बुधबार
भद्रपुरमा बाल अधिकार तथा संरक्षण सम्बन्धी अभिमुखीकरण
भद्रपुर । भद्रपुरमा बाल अधिकार तथा बाल संरक्षण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगर क्षेत्रका विद्यालय तथा वडा बाल क्लबमा आबद्ध बालबालिका र संरक्षक शिक्षकलाई अभिमुखीकरण दिइएको हो ।
नगर उपप्रमुख राधा कार्कीको अध्यक्षता तथा नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बालमैत्री अभियन्ता सुमन ढकालले सहजीकरण गरेको थिए । नगर बाल सञ्जालका अध्यक्ष आरोग्य तिम्सेना लगायतले मन्तव्य राख्दै बाल अधिकार संरक्षणका लागि सबै पक्ष जिम्मेवार हुनु पर्ने धारणा राखेका थिए । सामाजिक विकास शाखाकी कर्मचारी सञ्जु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा सामाजिक विकाश शाखा प्रमुख जीवनकला राउतले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।