२०८३ असार ३ गते , बुधबार

आजको मौसम : कोशी र मधेशमा वर्षा

sajilo news
झापा
२०८१ जेष्ठ १० गते , विहीबार
आजको मौसम : कोशी र मधेशमा वर्षा

नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी र मधेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।  यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार