२०८३ बैशाख २४ गते , विहीबार

सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने पक्राउ

sajilo news
मोरङ
२०८१ जेष्ठ ९ गते , बुधबार
सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने पक्राउ

मोरङको सुन्दरहरैँचामा सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका-६ सितापुरी टोल बस्ने ४८ वर्षीय ज्ञानबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

मगरले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार