२०८१ माघ २५ गते , शुक्रबार

चट्याङ लागेर ७२ भेडा मरे

sajilo news
झापा
२०८१ जेष्ठ ८ गते , मंगलबार
चट्याङ लागेर ७२ भेडा मरे

चट्याङ लागेर ७२ भेडा मरेका छन्। सङ्खुवासभाको सभापोखरी गाउँपालिका ५ फाकुवा स्थित चेरुङ्बा भन्ने खर्कमा चट्याङ पर्दा एकै गोठका ७२ वटा भेडा मरेको अवस्थामा भेटिएको हो । सोम बहादुर लिम्बुको गोठमा रहेका ४ सय भेडाहरू मध्येबाट एक समूहमा रहेका सबै भेडा चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

रातको समयमा हावाहुरीसँगै असिना परेपछि रुखको फेदमा जम्मा भएका ७२ वटा भेडाहरू सबै एकै ठाउँ मरेको भेटियो । रुखमा चट्याङ परेको र त्यहाँ रहेका भेडाहरू सबै मरेको हो । ७२ वटा भेडा मर्दा १८ लाख बराबरको क्षति भएको प्रहरी चौकी बाह्रबिसेले जनाएको छ।

सम्बन्धित समाचार