२०८१ चैत्र १३ गते , बुधबार

आमाबुबा एचआईभी संक्रमित: विद्यालयबाट निकालिइन् ५ वर्षीया बालिका

sajilo news
पत्रपत्रिका
२०८१ जेष्ठ ५ गते , शनिबार
आमाबुबा एचआईभी संक्रमित: विद्यालयबाट निकालिइन् ५ वर्षीया बालिका

बाबुआमा एचआईभी संक्रमित भएको खुलेपछि एक बालिका विद्यालयबाट निकालिएकी छन् । लमजुङ मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेस्थित भैरवकाली माविले गत ६ वैशाखमा विद्यालय भर्ना भएकी ५ वर्षीया बालिका श्रीमाया (नाम परिवर्तित)लाई ‘एचआईभी संक्रमित’ भन्दै २२ वैशाखमा निष्कासन गरेको खुल्न आएको हो ।

स्थानीय बाल विकासमा पढ्दै गरेकी श्रीमाया ५ वर्ष पुगेपछि ३१ वर्षीय बाबुले भैरवकाली माविको एलकेजीमा भर्ना गरे । बालिकाका बाबुका अनुसार भर्ना भएदेखि नै छोरी

विद्यालय जाने गरेकी थिइन् । ‘छोरी स्कुल जान थालेको करिब दुई सातापछि एक्कासि एक दिन बच्चा पु¥याउन आउनेजाने अन्य अभिभावकले तिम्रो बच्चालाई त एचआईभी भएको छ भनेर हल्ला गरे,’ उनी भन्छन्, ‘हल्ला भएको भोलिपल्ट चार–पाँच जना विद्यार्थी गयलसमेत भए रे ! दुई–तीन दिन हुँदासमेत उनीहरू कक्षामा फर्केनन् रे ! 

त्यसपछि विद्यालयले तिम्रो छोरीका कारण कक्षामा विद्यार्थी शून्य हुने स्थिति भयो, क्षतिपूर्ति कसले बेहोर्छ ? तिमीहरूको कुनै संस्थाले बेहोर्छ कि ? नभए तिम्रो छोरी नपठाउँ भन्दै दबाब दिए, मैले छोरीलाई त्यो स्कूलमा पठाउन सकिन“ ।’त्यसपछि आफूले एचआईभी एड्ससम्बन्धी काम गर्ने विभिन्न संघसंस्था र व्यक्तिलाई फोन गरी समस्या बताउँदासमेत केही नहुनेजस्तो बुझेपछि आफ्नै सुर कस्न बाध्य भएको उनले सुनाए ।

‘हाम्रो गल्तीको सजाय छोरीले समेत पाउने भई’ भन्दै पीडित बाबुले दुःखेसो पोखे । उनका अनुसार आर्थिक अवस्थाका कारण बाहिर बस्न सक्ने अवस्थासमेत छैन । ‘दुईपिप्लेमा आफ्नै घर र कमाइ गर्ने केही जग्गा भए पनि बाहिर बस्नका लागि समस्या छ, तर पनि त्यस घटनापश्चात सदरमुकाम दमौलीमा कोठा लिएर छोरीलाई राख्न बाध्य छौं,’ बालिकाका बाबुले भने, ‘उता छोरीको विद्यालय भर्नासँगै, ड्रेस, कापी कलमलगायतमा खर्च गरियो, अहिले विद्यालय नै सार्नुपर्ने र घर नै छाडेर परिवार नै डेरामा बस्नुपर्ने भएपछि झनै खर्चको भार थुप्रियो ।’

बाबुआमा दुवै संक्रमित भएकै कारण छोरी श्रीमाया पनि संक्रमित भएकी हुन् । परिवारमा ९ महिनाका छोरा पनि छन् । उनमा भने संक्रमण नदेखिएको बताइएको  छ ।आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार