प्रहरीले गोली प्रहार गरी दुई ब्राउन सुगर कारोबारी समाते
सुनसरीको रामधुनीमा लागुऔषध ओसारपसारमा संलग्न रहेका २ जनालाई गोली प्रहार गरी प्रहरीले पक्राउ गरेको छ ।रामधुनी नगरपालिका- ६ स्थित इचौलमा जेठ ३ गते साँझ ब्राउन सुगर ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँ र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका सप्तकोसी नगरपालिका -५ सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र इटहरी- ५ का ४० वर्षीय श्यामप्रसाद निरौलालाई चेकजाँच गर्दा प्रहरी माथि नै आक्रमण गरे पश्चात् प्रहरीले प्रतिकारमा १ राउन्ड गोली प्रहार गर्दा खंगको पिँडुलामा लागि घाइते भएको र संलग्न दुवै जनालाई २१० ग्राम ७३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । गोली लागी घाइते भएका खंगको सान्वी सिटी अस्पताल लबीपुरमा प्रहरीको निगरानीमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।