२०८३ असार ३ गते , बुधबार
झापामा चार तला घरको माथिबाट खसेर मजदुरको मृत्यु
झापाको बिर्तामोडमा घर निर्माणका क्रममा चारतले घर माथिबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ । बिर्तामोड- १ का दिनेश मैनालीको घर निर्माण गर्नेक्रममा चार तला माथिबाट खसेर हिजो दिउँसो १२.५० बजे भारत बोतलवारी घर भएका २० वर्षीय चामाल हक गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्ता सिटी हस्पिटल लगिएकोमा उपचारका क्रममा दिउँसो सवा ३ बजे मृत्यु भएको थियो ।
मृतकका आफन्त आज बिहान मात्र आइपुगेकाले प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गराई आज दिउँसो मृतकका बुवालाई शव जिम्मा दिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिएका छन् ।