२०८१ आश्विन १८ गते , शुक्रबार

आन्दोलनकारीले बर्नेमा टायर बाले, मेची राजमार्गमा यातायात प्रभावित

sajilo news
झापा
२०८१ जेष्ठ ३ गते , विहीबार
आन्दोलनकारीले बर्नेमा टायर बाले, मेची राजमार्गमा यातायात प्रभावित

पाथीभरा केबलकार परियोजनाविरुद्ध आह्वान गरिएको बन्दका कारण आज पनि मेची राजमार्गमा यातायात सेवा प्रभावित भएको छ।फाट्टफुट्ट चलेका सवारीसाधनलाई प्रहरीले स्कर्टिङ गरिरहेको छ। आज झापाको बर्नेमा टायर बालेर आन्दोलनकारीले सडक अवरुद्ध पार्ने कोशिस गरेका थिए।

हिजो र आज मेची राजमार्ग, तमोर करिडोर तथा ताप्लेजुङमा यातायात बन्द आह्वान गरिएको हो। पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले यातायात बन्द आह्वान गरेको हो।

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेपछि उक्त परियोजनाविरुद्ध स्थानीयबासीले समूह नै बनाएका छन्। बन्दका कारण ताप्लेजुङभित्र सञ्चालन हुने यातायात सेवा पनि प्रभावित भएको छ।

सम्बन्धित समाचार