२०८१ माघ १० गते , विहीबार

भद्रपुरका कृषकलाई मोटरसहितको च्याफकटर मेशिन वितरण

sajilo news
झापा
२०८१ जेष्ठ २ गते , बुधबार
भद्रपुरका कृषकलाई मोटरसहितको च्याफकटर मेशिन वितरण

भद्रपुर । भद्रपुरका १० जना कृषकलाई मोटरसहितको च्याफकटर मेशिन वितरण गरिएको छ । भद्रपुर नगरपालिका पशु सेवा शाखाले बुधबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी कृषकहरूलाई मोटरसहितको च्याफकटर मेशिन वितरण गरेको हो । नगर प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र आर्थिक विकास समितिका संयोजक प्रशंसा ठटाल लगायतले कृषकहरूलाई मेशिन हस्तान्तरण गरेका हुन् । 

नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मेशिन वितरण गरिएको शाखाका पशु चिकित्सक रोहितकुमार कार्कीले जानकारी दिए । शाखाले पुस २४ गते सूचना प्रकाशन गरेपछि कृषकहरू छनौट भएको उनले बताए । मेशिन पाउनेहरू भद्रपुर १ का नीलिमा खनाल, भद्रपुर २ का मालती कन्दङ्वा, वेदनिधि अधिकारी, सुमित्रा लिम्बु, ईश्वरीप्रसाद कट्टेल, भद्रपुर ४ का निलम राई, भद्रपुर ७ का रेशमणि पोखरेल, भद्रपुर ८ का केशर सिग्देल, भद्रपुर ९ का भीमकुमारी पौडेल र भद्रपुर १० का दीपेन्द्र घिमिरे रहेको जनाइएको छ । 

 

सम्बन्धित समाचार