२०८३ बैशाख २४ गते , विहीबार
कुवेत लगेर महिला बेचबिखन गर्ने दुईजना पक्राउ
भिजिट भिसामा कुवेत पुर्याइ मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका -९ घर भइ हाल काठमाडौंको तार्केश्वर नगरपालिका बस्ने २४ वर्षीय राकेश सुनार र गोखरा पालुङटार नगरपालिका -६ का हाल बौद्ध पिपलबोट बस्ने २५ वर्षीय आयुष विक रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र अधिकारीले जानकारी दिए। उनीहरूलाई बौद्ध पिपलबोटमा प्रहरीले नियन्त्रणमा लिएको हो।
बेरोजगार महिलाहरूलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिटिज भिसामा दुबई लगी घरेलु काममा लगाइ शारीरिक तथा मानसिक यातना दिएको उनीहरूमाथि आरोप छ। पीडितका आफन्तले उद्दारका लागि प्रहरीमा निवेदन दिएपछि घटना बाहिर आएको हो।