२०८३ असार ३ गते , बुधबार

इलामको रोङमा अपांगता भएका व्यक्तिलाई क्षमता अभिवृद्धि तालिम

sajilo news
इलाम
२०८१ जेष्ठ २ गते , बुधबार
इलामको रोङमा अपांगता भएका व्यक्तिलाई क्षमता अभिवृद्धि तालिम

अपाङ्गता भएका व्यक्तिहरूका लागि चार दिने क्षमता अभिवृद्धि तालिम मङ्गलवारदेखि रोङ गाउँपालिकामा सुरु भएको छ । रोङ गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा रोङ ३ कुटीडाँडामा तालिम सुरु भएको हो । रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्वोले तालिमको उद्घाटन गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई सबल र सक्षम बनाउन त्यस किसिमको तालिम सञ्चालन गरिएको बताए । उनले अधिकारको खोजीसँगै दायित्व बोधसमेत गर्न आग्रह गरे ।

कार्यपालिका सदस्य तथा अपाङ्गता समन्वय समिति सदस्य इन्दिरा सिलवालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष स्याङ्वोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रोङ ३ का वडा अध्यक्ष मातृका बराल , संयुक्त अपाङ्गता संघका अध्यक्ष रमेश बराललगायतले शुभकामना मन्तव्य राखेका थिए । सी.वि.आर. सहजकर्ता भवानी राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य अपाङ्गता सहायता कक्ष सहजकर्ता झुमा फलालीले गरेकी थिइन् । कार्यक्रममा वडा सदस्य लीला राउतको पनि आतिथ्य रहेको थियो । १६ जना सहभागी रहेको तालिमको सहजकर्ता प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी रहेका छन् ।

सम्बन्धित समाचार