२०८१ पौष २९ गते , सोमबार
विपन्न लक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार, दिवा खाजा परिवर्तन गरिने
राष्ट्रपति रामचन्द्र पौडेलले विपन्न लक्षित छात्रवृत्ति कक्षा १२ सम्म विस्तार गरिने बताएका छन्। राष्ट्रपति पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
उनले ५ वर्षभित्र सबै बालबालिकालाई शिक्षा पहुँचमा ल्याउने पनि बताए। उनले पोषिलो खाजाको व्यवस्थाका लागि दिवा खाजा परिवर्तन गरिने बताए। उनले गणित, विज्ञानलगायत मुख्य विषयका शिक्षकहरूको व्यवस्था गरिने पनि बताए।