२०८२ जेष्ठ ११ गते , शनिबार
एक पालिका एक स्मार्ट विद्यालय कार्यान्वयनमा ल्याइने

राष्ट्रपति रामचन्द्र पौडेलले एक पालिका एक स्मार्ट विद्यालय कार्यान्वयनमा ल्याउने बताएका छन्। मङ्गलवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्। उनले ज्येष्ठ नागरिकका विभिन्न ज्ञान सीप पनि बालबालिकालाई सिकाइने बताए।
‘उच्च शिक्षाको लागि विभिन्न तालिम प्रदान गरिने छ, सामुदायिक विद्यालयमा करिअर काउन्सिलिङ कार्यक्रम सञ्चालन गरिने छ, ’उनले भने।