२०८३ असार ३ गते , बुधबार
टिपरको ठक्करबाट बालकको मृत्यु
धनकुटाको साँगुरिगढी गाउँपालिका-६ कोशी लोकमार्गमा टिपरको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ । मंगलबार बिहान साढे ९ बजे प्र १-०२-००१ ख ८९३४ नम्बरको टिपरको ठक्करबाट धरान-१७ घर भई साँगुरिगढी- ६ बस्दै आएका १० वर्षीय शिसाङ विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा संलग्न ठक्कर दिने टिपर र चालक ४२ वर्षीय सरोज सुब्बालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।