२०८२ बैशाख १२ गते , शुक्रबार
गरिब परिवारलाई विद्युतीय चुलो प्रदान गर्ने, फलफूलमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने सरकारको घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले गरिब परिवारलाई विद्युतीय चुलो प्रदान गर्ने घोषणा गरेका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले गरिबको पहिचान कार्य अन्त्यतिर आएको बताउँदै गरिब परिवारलाई विद्युतीय चुलो प्रदान गर्ने घोषणा गरेका हुन्। त्यस्तै सरकारले फलफूलमा ५ वर्षभित्र आत्मनिर्भर बन्ने घोषणा गरेको छ । त्यसैगरी पशुपन्छी तथा माछामा २ वर्षभित्र आत्मनिर्भर बन्ने सरकारले घोषणा गरेको हो। धान उत्पादनमा वृद्धि भएको भन्दै चैते धान लगाउन किसानहरूलाई प्रोत्साहन गरिने घोषणा गरेको छ।