२०८३ बैशाख २४ गते , विहीबार

बिर्तामोडमा गाजासहित दुई जना पक्राउ

sajilo news
झापा
२०८१ बैशाख ३१ गते , सोमबार
बिर्तामोडमा गाजासहित दुई जना पक्राउ

झापाको बिर्तामोडमा लागु औषध गाजासहित दुई जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका- ३ स्थित डेरा गरी बस्ने बिर्तामोड- ४ का ३६ वर्षीय रबी दास र १९ बर्षीया आयुसा भुजेललाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले ६९ ग्राम ६२० मिलिग्राम लागु औषध गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार